खेलकुद

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य



काठमाडौैं, २५ माघ । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन जोडे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । आसिफ ८ रनमा आउट भए । राम्रो सुरुवात भएको नेपालको मध्य क्रमको ब्याटिङ राम्रो हुन सकेन ।

आरिफ शेख ३८, सोमपाल कामी २७, पवन सर्राफ १६, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २०, रिजन ढकाल ४ र ललित राजवंशी १ रन बनायो रनमा आउट । सूर्य ढकाल १० रनमा अविजित रहे ।बलिङतर्फ क्यानडाका उदय भगवानले ३, साद बिन जफर २, शहिद अहम्दजाइ, इश्वरजित सोहि र हर्ष ठाकुरले १–१ विकेट लिएका छन् ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६