प्रदेश

गोरु तस्करीमा संलग्न तीन जना पाल्पाबाट पक्राउ



तानसेन, ०३ फागुन । गोरु तस्करीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित बेलबास–दोभान सडक हुँदै सिद्धार्थ राजमार्गमा चेकजाँचको क्रममा प्रहरीले १८ वटा गोरुसहित तीन जनालाई पक्राउ गरेको हो ।लु १ ख ८३४० नम्बरको ट्रकमा १८ वटा गोरु राखेर सिद्धार्थ राजमार्गमा ल्याउने क्रममा दोभान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्रकचालक बझाङ जिल्ला फला गाउँपालिका –३, घर भई हाल कैलाली बेवाणी गाउँपालिका –७ बस्ने २७ वर्षको विशाल धामी छन् ।

यस्तै, कपिलवस्तु शिवराज नगरपालिका –७, बस्ने २४ वर्षका राधेश्याम रैदास र सोही स्थानका १९ वर्षका सद्दाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । तस्करले कपिलवस्तु, भारतलगायतबाट गोरु ल्याई कालीगण्डकी कोरिडोर हुँदै गैंडाकोट र काठमाडौँसम्म लग्ने गरेको बताइएको छ ।

ट्रकभित्र १८ वटा गोरुमध्ये एक वटा मरेको र अरु सकुशल फेला पारेको प्रनाउ श्रेष्ठले बताउनुभयो । पक्राउ गरिएको ट्रकसहित तीन जना व्यक्तिलाई कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६