देश

ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ देखि, परीक्षा तीन चरणमा हुने



काठमाडौं, ४ फागुन । ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ। ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ (सोमबार) देखि सुरू गर्न लागिएको हो। हालसम्मकै उच्च १ लाख ६३ हजार ६३५ जनाको आवेदन परेकोले परीक्षा तीन चरणमा हुने भएको हो।

ईपीएस कोरिया शाखाका अनुसार बिहान साढे ९ बजे, बिहान ११ बजे दिउँसो १ र ३ बजे साथै अपरान्ह ४:१० बजे गरी पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिनेछ । पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिइने छ। अप्रिल ५ अर्थात् चैत २२ गते समाप्त हुनेछ ।

२०८१ वैशाख ३१ गतेदेखि हुने दोस्रो चरणको परीक्षामा ७९ हजार ९३७ जना सामेल हुने छन्। प्रत्येक दिन २ हजारसम्म परीक्षार्थी सहभागी गराउँदा जुलाई ३० (साउन १५) सम्म दोस्रो चरणको सञ्चालन गरिने तयारी छ। त्यस्तै तेस्रो चरणको परीक्षा नोभेम्बर ११ (कात्तिक २६) देखि सुरू गरेर डिसेम्बर १५ (२०८१ मंसिर ३०) सम्म सञ्चालन गर्ने तयारी छ। यो चरणमा ३६ हजार १७९ जना सहभागी हुनेछन्। परिक्षा हुनुभन्दा १ दिनअघि आफ्नो सिफ्टअनुसार ईपीएस कोरिया शाखा ग्वार्कोमा ‘बायो मेट्रिक्स रजिस्टर/ फिङगर प्रिन्ट’ दर्ता गराउनुपर्ने कार्यालयले जनाएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६