प्रदेश

बुटवलको जंगलमा प्रहरी हवल्दार मृत भेटिए




रुपन्देही, ०४ फागुन ।
रुपन्देहीको बुटवल जंगलमा नेपाल प्रहरीका एकजना हवल्दार मृत फेला परेका छन्। प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्लाको बुटवलको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत विकले जानकारी दिए।

‘हाम्रो अनुसन्धानमा उनी काठमाडौँबाट नेपालगन्ज फर्किंदै गर्दा एक्लै जंगलमा झरेको देखिन्छ्,’ एसपी विकले भने, ‘हामीले पुस २९ गते बुटवल उपमहानगरपालिका( ७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव भेटेका हौँ। हामीले भेट्दा शव सडिकसको अवस्था थियो।’

ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको एसपी विकले बताए। ‘उनको मानसिक अवस्था ठिक रहेनछ। एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन्। जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ,’ एसपी विकले भने। ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिलगेका उनले जानकारी दिए।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६