प्रदेश

सुप्रिम सहकारीका वचतकर्तालाई प्रमाणसहित उजुरी दिन प्रहरीको आग्रह



फागुन, ०६ फागुन । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका वचतकर्ता र शेयर सदस्यहरुलाई रकम जम्मा गरेको प्रमाणसहित निवेदन दिन इलाका प्रहरी कार्यालय बुटवलले आग्रह गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै सहकारीका सदस्य र वचतकर्तालाई वचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिन आग्रह गरेको हो ।

कहिलेसम्म उजुरी दिन सकिने भन्ने प्रहरीको सूचनामा खुलाइएको छैन । उजुरी दिनेबारे जानकारी लिन ९८५७०९०१२१ मा सम्पर्क गर्न प्रहरीले भनेको छ । यसअघि प्रहरीले उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । उक्त सहकारीका संस्थापक अध्यक्ष गितेन्द्र बहादुर ९जिबि० राई ले बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोप छ । केन्द्रीय कार्यालय बुटवल र भैरहवा सेवा केन्द्रबाट सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ऋण दिएको थियो ।


राई २०७८ सम्म अध्यक्ष थिए । रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै वचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।


संस्थापक अध्यक्ष एवं संरक्षक जिबि राई सम्पर्क विहिन छन् । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ ।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६