देश

‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सांसद घिमिरेको माग



काठमाडौं, ०६ फागुन । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले ‘मिल्क होलिडे’ को समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले भारतबाट दुध तथा दुग्धजन्य पदार्थ भैरहेको चोरी पैठारीलाई तत्काल रोक्न सकिएन भने नेपालमा देखिएको दुधको समस्यालाई समाधान गर्न गाह्रो हुने स्पष्ट पारे ।बजारमा आपूर्ति नभएको जनाउँदै दुग्ध विकास संस्थानले किसानको दुध खरिद गर्न छाड्दा मुलुकका धेरै स्थानमा मिल्क होलिडेको अवस्था सिर्जना भएको छ । संस्थानले किसानलाई दूधको भुक्तानी नदिएको तीन महिना भैसकेको छ । संस्थानले भुक्तानी रोक्दा दुई लाखभन्दा बढी किसान मर्कामा छन् भने मिल्क होलिडे हुँदा किसान गाईभैंसीपालन व्यवसायबाटै पलायन हुने जोखिम बढेको छ ।

कतिपय प्रदेश र स्थानीय सरकारले दूध उत्पादन बढाउन किसानलाई अनुदान दिँदै गर्दा मिल्क होलिडेको अवस्था सिर्जना हुनु दुःखद् रहेको बताउँदै सांसद घिमिरेले यो विषयप्रति संघीय सरकार संवेदनशील बन्नुपर्ने बताए । अर्थतन्त्रमा ९ प्रतिशतभन्दा बढी योगदान गरिरहेको र लाखौं किसानको रोजीरोटीसँग जोडिएको दूग्ध क्षेत्रको विद्यमान समस्या समाधानमा गम्भीर बन्न उनले सरकारलाई आग्रह गरे ।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६