प्रदेश

लुम्बिनी प्रदेश निजामती सेवा नियमावली स्वीकृत



कपिलवस्तु, ०७ फागुन। लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामती सेवा नियमावली २०८०’ स्वीकृत गरेको छ । प्रदेश निजामती सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नियमावली स्वीकृत गरेको हो ।

ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याइ कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरू बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामती सेवा नियमावली २०८० ल्याइएको सरकारले बताएको छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारीहरूको व्यवस्थापन र वृत्तिविकासका लागि ऐन र नियमावली सरकारले ल्याएको बताए । उनले प्रदेशका निजामती कर्मचारीको लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको बताए ।

त्यसै गरेर ‘प्रदेशका आयोजनाको बहुबर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड २०८०’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ७ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६