ब्रेकिंग न्युज

विभिन्न पार्टी परित्याग गरि २ सय ५० जना एमालेमा प्रवेश



कपिलवस्तु । विभिन्न पार्टी परित्याग गरि २ सय ५० जना भन्दा बढीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा  प्रवेश गरेका छन् । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा सञ्चालित दुई दिने नगर कमिटीकाे प्रशिक्षण कार्यक्रमकाे अवसरमा आज (आइतबार) जनमत, नेपाली काँग्रेस, राप्रपाका कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

जनमत पार्टीबाट वडा अध्यक्षका उम्मेदवार भएको अनवर मुसलमान, उपमेयरका उम्मेदवार भएका हदिसुन मुसलमान, नेपाली काँग्रेसबाट वडा सदस्यका उम्मेदवार रामराज लाेहार सहित २ सय ५० जनाले एमाले पार्टीमा प्रवेश गरेकाे कृष्णनगर नगर कमिटीले जनाएको छ ।

एमाले जिल्ला कमिटी सदस्य कुनाल प्रताप शाह, अनवर मुसलमान र हदिसुन मुसलमानकाे नेतृत्वमा नेपाली काँग्रेस, जनमत, राप्रपा परित्याग गरि एमाले पार्टीमा प्रवेश गरेका हुन् । प्रशिक्षण कार्यक्रमकाे अवसरमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य  सुशील कुमार श्रीवास्तव, जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माले नवप्रवेशीहरुलाई टीका लगाई एमाले पार्टीमा प्रवेश गराएका छन् ।

प्रशिक्षण कार्यक्रममा एमालेका सम्पूर्ण भातृ तथा जनवर्गीय संगठनका प्रतिनिधिहरुकाे सहभागीतामा प्रशिक्षण कार्यक्रममा माक्सवादको सामान्य ज्ञान, जबजको र १०औँ राष्ट्रिय महाधिवेशनको फैसला,  संगठनात्मक सिद्धान्त, पार्टी विधान र अनुशासन, पार्टी र जनसंगठन बीचको अन्तरसम्बन्ध विषयमा प्रशिक्षण दिएकाे नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष गाेपाल चन्देलले जानकारी दिए ।

यस्तै विज्ञान, प्रविधि, सुचना र संचार र नेपालका राजनितिक दलहरुको तुलनात्मक अध्ययन, पार्टी र जनप्रतिनिधी बीचको अन्तर सम्बन्ध तथा पालिका विकासको अवधारणा, साङ्गठनिक अवस्था बारे समेत प्रशिक्षणकाे साथै वडा स्तरीय प्रशिक्षण कार्य योजना पनि निर्माण गरिएको नगर कमिटीले जनाएको छ ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, अर्जुन कुमार केसी, गाेपाल बहादुर थापा, जगदीश प्रसाद गुरु, शिव कुमारी थारु, जिल्ला कमिटी सचिव सिवि गहतराज, जिल्ला कमिटी सदस्य कुनाल प्रताप शाह र जिल्ला निर्माण विभाग सदस्य मेहताब आलम खान, कृष्ण कुमार चाैेधरी, ज्याेति काेेरी लगायत एमालेकाे नेता तथा कार्यकर्ता लगायतकाे उपस्थिति रहेकाे थियोे ।

प्रकाशित : ७ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६