प्रदेश

कपिलवस्तुमा कुन स्थानीय तहमा कतिलाई दादुरा–रुबेलाविरुद्धको खोप ?



कपिलवस्तु, १३ फागुन । कपिलवस्तुमा २ लाख बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । बालबालिकामा हुने जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य कार्यालय, कपिलवस्तुले यहाँका १० वटा स्थानीय तहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुवेला विरुद्धका खोप लगाउने भएको हो ।

फागुन १३ देखि २४ गते सम्म जिल्लाको १० वटै पालिकाका भित्रका ९ महिना देखि १५ बर्ष उमेरका बालबालिकालाई खोप लगाईने भएको हो । जिल्लामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद सिंह चौधरीका अनुसार यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुनेछ । सो अभियान अन्तर्गत कपिलवस्तुका १० वटै पालिकामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ९ हजार ८ सय ५९ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य छ । उनले लक्ष्य पुरा गर्ने उद्देश्यका साथ दादुरा–रुबेला खोप अभियानको सुरुवात हुने बताए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख चौधरीका अनुसार कपिलवस्तु नगरपालिका र विजय नगर गाउँपालिकामा फागुन १३ गते देखि २१ गते सम्म लगाईने भएको छ । यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकामा १५ गते देखि २१ गते सम्म लगाईने छ त्यस्तै वाणगंगा, शिवराज, महाराजगंज र कृष्णनगर नगरपालिकामा १८ गते देखि २४ गते सम्म र बुद्धभुमी नगरपालिकामा २२ गते देखि २८ गते सम्म लगाईने भएको छ ।

कुन स्थानीय तहमा कतिलाई खोप ?

जस मध्ये कपिलवस्तु २६ हजार ९ सय १०, शिवराज २६ हजार ७ सय २६, बुद्धभुमीमा २२ हजार ८ सय ९५, बाणगंगामा २१ हजार ८ सय ५९, कृष्णनगर २२ हजार ८ सय ४४, महाराजगंजमा २१ हजार ८ सय ३६, मायादेविमा १९ हजार १ सय ७, शुद्घोधनमा १८ हजार १ सय १६, यशोधरामा १४ हजार ९ सय ६१, त्यस्तै गरी विजयनगरमा १४ हजार ५ सय ११ रहेका छन ।

यो अभियान कपिलवस्तु जिल्लाका ८ सय ५६ विद्यालयहरुमा सञ्चालन हुने भएको हो । जसमा २ सय २२ जना स्वास्थ्यकर्मी र १ हजार ७ सय १२ जना स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन भएका छन ।

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६