प्रदेश

नवनियुक्त योजना प्रमुखलाई लुम्बिनीमा स्वागत




कपिलवस्तु, १५ फागुन ।लुम्बिनी विकास कोषका नवनियुक्त योजना प्रमुख अस्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ । सोमबार कोषमा आयोजित एक कार्यक्रमकाबिच लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले खादा लगाएर स्वागत गरेका हुन । स्वागत कार्यक्रममा बोल्दै कोषाध्यक्ष भट्टराईले नयाँ युवाहरूले दत्तचित्त भएर काम गर्ने हो भने पुरानाले भन्दा धेरै काम गर्न सक्ने बताए ।

नवयुक्त योजना प्रमुख भट्टसंग ठुलो अपेक्षा रहेको उल्लेख गर्दै लुम्बिनीको विकास गर्न टिमवर्क आवश्यक रहेको बताए । उक्त अवसरमा सदस्य सचिव सानुराजा शाक्यले नया योजना प्रमुखलाई स्वागत गर्दै टिमवर्कमा काम गर्ने बताए ।नवनियुक्त योजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीको सेवा गर्ने अवसर प्राप्त भएकाले इमान्दारीतापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरिन । साथै कोषमा कार्यरत कर्मचारीहरूले सहकार्य र सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमा निवर्तमान योजनाप्रमुख एव बरिष्ठ ईञ्जिनियर सरोज भट्टराईले पुराना कुरा विर्सेर आगामी योजना निर्माण गर्नु पर्ने बताए । उनले नवनियुक्त योजनाप्रमुख सहकार्य र सहयोग गर्न तयार रहेको बताए ।प्राविधिक फाँटको प्रमुखमा पुरूषहरू मात्रै हावी भइरहेको सन्दर्भमा महिला पमुख हन सुखद भएको उनको भनाई थियो । कार्यक्रममा कोषका कार्यकारी सदस्य श्याम रोक्का, विश्वराज पौडेल र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६