प्रदेश

रुपन्देहीको कञ्चनमा आगोले जलेर एकको मृत्यु



रूपन्देही, १५ फागुन । रुपन्देहीको कञ्चन गाउँपालिका १ सानो उकाली बस्ने ७९ वर्षीया मन कुमारी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

आफ्नै घरमा आइतबार साँझ आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा गएराति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता तनहुँको भानु नगरपालिका १३ पोखरीछाप बस्ने ५० वर्षीया सुकुली मियाको घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६