प्रदेश

छोटी भन्सार पुनर्स्थापना गर्न सरकारसँग आग्रह



नेपालगन्ज, १६ फागुन। शसस्त्र द्वन्द्वमा विस्थापित भएका छोटी भन्सार पुनर्स्थापना गर्नुपर्ने माग गर्दै बाँकेका उद्योगी व्यवसायीले सरकारसँग आग्रह गर्नुभएको छ ।

स्थानीय उद्योगी व्यवसायीले जिल्लाका विभिन्न नाकामा छोटी भन्सार नहुँदा अवैध आयात र तस्करी खुला रुपमा हुनेगरेको गुनासो गर्दै तत्काल छोटी भन्सार पुनस्र्थापना गर्दै नाकामा कडाई गर्न सरकारसँग आग्रह गरेका हुन् ।

केही दिनअघि नेपालगन्ज भ्रमणमा आउनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालगन्ज उद्योग वाणिज्य संघले सो माग गरेको संघका अध्यक्ष टंक धामीले बताउनुभयो ।

उहाँले केही वर्षदेखि पटक–पटक छोटी भन्सार पुनस्र्थापनाको माग गर्दै आए पनि सुनुवाई नभएको जनाउँदै छोटी भन्सारहरु नहुँदा एकातिर अवैध आयात बढेर नेपालगन्जको व्यापार व्यवसाय प्रभावित भएको र अर्कोतिर ठुलो परिमाणमा राजस्व चुहावट भइरहेको बताउनुभयो ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई संघद्वारा बुझाइएको १४ बुँदे ज्ञापनपत्रमा शसस्त्र द्वन्द्वको समयमा बन्द गरिएका जिल्लाका सबै छोटी भन्सार स्थापना गरेर राजस्व संकलन बढाउनुका साथै अवैध आयातमा नियन्त्रण गर्न माग गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र महासचिव भिमबहादुर रानाभाटले हस्ताक्षर गरी बुझाउनु भएको सो ज्ञापनपत्र सरकारी गाडीमै भन्सार छलेर सामान ल्याउने गरिएको गुनासो गर्दै रोक्न माग गरिएको छ । सरकारी अधिकारीहरु नै गाडी लिएर सीमावर्ती भारतीय बजार जाने गरेकाले सो विषयमा तत्काल ध्यानाकर्षण होस् भन्ने ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी सो ज्ञापनपत्रमा नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबैलाई भारतीय सीमा सुरक्षा बल एसएसबीलेजस्तै अनिवार्य रुपमा परिचयपत्र चेकजाँच गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, सीमामा एक्सरे र फेस रिडर मेसिन जडान गरी कार्यान्वयनमा ल्याउन समेत माग गरिएको छ । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले राजस्व चुहावट रोक्ने सवालमा सरकार गम्भीर र कडा रुपमा अघि बढेको जनाउँदै यो नाकबारेमा बुझेर आवश्यक व्यवस्था गरिने आश्वासन दिलाउनुभएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले बताउनुभयो ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६