देश

भोलिदेखि मौसम सुधार हुने



फागुन, २० । यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज काठमाडौंमा बदलीसहित वर्षा भएको छ ।काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने र्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ ।

यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । हिउँदले बिदा लिए पनि पश्चिमी वायुको प्रभाव अझै केही बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको र काठमाडौं उपत्यकासहितका केही स्थानमा वर्षा पनि भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुन अवधि गत शुक्रबारदेखि नै सुरु भए पनि सक्रिय हुन भने अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविन रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कर्णाली प्रदेशमा बढी बदली छ ।

बदली र वर्षाको क्रम आज रातिसम्म कायम रहने पूर्वानुमान छ । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने छ । भोलि सोमबारदेखि भने मौसममा क्रमशः सुधार देखिने छ ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६