देश

मुलुकलाई निकाश दिन नयाँ समिकरण बनाएकाको ओलिको भनाई



काठमाडौं फागुन २१। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सकारात्म दिशा तिर लैजान नया समिकरण गरिएको बताएका छन्।

अहिले मुलुकले निकाश र सकारात्मक परिवर्तन खोजेको छ त्यो परिवर्तन दिन नया समिकरण गरिएको हो। उनले भने। आज सोमवार जीफन्टको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ओलीले आज देशको परिस्थिती छिटोछिटो हिँड्न खोजेको बताए।

उनले भने, ‘यहाँहरुलाई थाहा छ आज देशको परिस्थिति‘आजको दिन चाहिँ आज अलिक छिटो छिटो हिँड्न खोजेको जस्तो लागिरहेको छ। त्यो भएर म यहाँ आउन पनि ढिला भयो। देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेर ढिला भयो। त्यतापट्टि अल्यायो। अल्मलायो। देशमा परिवर्तन आवश्यक छ, हुन्छ। जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं। हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य हो।’

उनले मिसन ०८४ भनेको चुनाव जित्नको लागि मात्रै नभएको जिकिर गरे। ‘हामी एमालेलाई स्थापित निर्णायक तहमा विकास गर्दैछौं । त्यसको मापन के हो भने निर्वाचनबाट मात्रै हुन्छ। कति भोट कति सिट भन्ने कुराले कहाँनेर छ भन्ने कुरा निर्धारण गर्छ। त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा गर्छ। यथास्थितीवादी र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश अफ्ठ्यारोमा पर्छ। उनले भने,

उनले छिटोछिटो परिवर्तन हुन खोजीरहेको राजनीति कति प्रभावकारी ढंगले अघि बढ्छ भन्नेमा भर पर्ने बताए।

उनले थपे, ‘जे होस् आंशिक ढंगले देशको भताभुंग बिग्रिएको अवस्था छ। त्यस अवस्थाबाट सकारात्मक बाटोमा फर्किन्छ भन्ने विश्वास व्यक्ति गरेको छु। आज केही परिवर्तन हुन्छ। तपाईंहरुले यसो मोबाइलमा हेर्दै गर्नुभए हुन्छ।’

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६