देश

माओवादीका ५ मन्त्री टुंगिए



काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्र स्रोतका अनुसार यसअघि मन्त्रिपरिषदमा रहेका ३ जनाले निरन्तरता पाउनेछन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् ।

शक्तिबहादुर बस्नेत, रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउनेछन् । उनीहरुको मन्त्रालय भने टुंगिएको छैन । माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले मन्त्री पदको शपथ लिए पनि मन्त्रालय टुंगो लागेको छैन ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६