प्रदेश

तौलिहवा तौलेश्वरनाथ मन्दिरबाट १ लाख ४० हजार भेटी सङ्कलन



कपिलबस्तु, २७ फागुन । जिल्लाको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरबाट एक लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रिको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा उक्त भेटी संकलन भएको हो ।

नेपालकै ठुलो शिवलिङ्ग दाबी गरिएकोे मन्दिरमा महाशिवरात्रिमा हजारौं भक्तजनले पूजापाठ गर्ने गर्छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताका अनुसार महाशिवरात्रीिमा तौलेश्वरनाथ महादेव मन्दिरमा १ लाख ४० हजार भेटी सङ्कलन भएको बताउनुभयो ।

मन्दिरमा छिमेकी जिल्ला, अर्घाखाँची, रुपन्देही, भारतका सिद्धार्थनगर, नौगढ, गोरखपुर, बलरामपुर तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनले मन्दिरमा पूजापाठ गरेको उहाँको भनाइ छ ।

भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किदा उहाँका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गरेको जनविश्वास छ । मन्दिरमा साउन र फागुन गरी दुई पटक मेला लाग्ने गर्छ । १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र बनेको छ ।

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६