काठमाण्डौ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाउनुभएको छ । आज बुधवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो ।
आजको बैठकमा २ सय ६८ जना सांसद उपस्थित थिए । जसमा प्रधानमन्त्री प्रचण्डलाई १ सय ९७ जना सांसदले पक्षमा मतदान गरे भने १ सय १० जनाले विश्वासको मतको विपक्षमा मतदान गरे । यस्तै १ जना सांसदले मत दिएनन् ।
प्रतिक्रिया