देश

मानव विकास सूचकांकमा तीन स्थान माथि उक्लियो नेपाल



काठमाण्डौ, ०२ चैत्र । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थान माथि उक्लिएको छ । सन् २०२३/०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ औँ स्थानमा आइपुगेको हो । यसअघि सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ औँ स्थानमा थियो ।

यूएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३/०२४ ले नेपालले शून्य दशमलव शून्य एकले प्रगति गरेको जनाएको छ । प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा शून्य दशमलव ०१० ले प्रगति गरेको छ, जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो ।

१ सय ९३ वटा देश र भूभागहरूमध्ये १ सय ४६ औँ स्थानमा रहेको नेपाल मध्यम मानव विकास श्रेणीमा परेको यूएनडिपीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले युवाका लागि मर्यादित रोजगारी, स्थानीय र सामाजिक असमानता तथा आर्थिक वृद्धिमा सुधारको लागि जोड दिएको छ । प्रतिवेदन अनुसार मानव विकासको सूचकांकको पहिलो स्थानमा स्वीजरल्याण्ड रहेको छ ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६