देश

रास्वपाका ४ सांसदलाई आयोगले गरेको सजाय उच्च अदालतबाट बदर



काठमाडौँ, ०८ चैत्र । निर्वाचन आयोगले चुनाव खर्च सार्वजनिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदलाई गरेको जरिवाना सजाय उच्च अदालत पाटनले बदर गरेको छ ।

आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरू सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र गणेश पराजुलीले मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले बिहीबार आयोगको निर्णय बदर गरिदिएको हो ।

‘निवेदकहरूलाई जरिवानाको सजाय गर्दा सफाइको मौका दिएको नदेखिँदा प्राकृतिक न्यायको सिद्धान्त विपरीत गई निर्णय गरेको देखिँदा विपक्षी निर्वाचन आयोगले निजहरूलाई जरिवाना हुने ठहर गरी भएको निर्णय एवं सो निर्णयअनुसार यी निवेदकहरूको हकमा भए गरेका कारबाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ’, उच्च अदालतले भनेको छ ।

उनीहरुले निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले १५ हजार जरिवाना सजाय तोकेको थियो । आयोगको निर्णयविरुद्ध गत साउनमा उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित : ८ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६