प्रदेश

विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैनः उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं, ०९ चैत्र । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ नरहेको बताउनुभएको छ ।

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको बताउनुभयो । द्वन्द्वले विश्वको अर्थतन्त्रलाई समेत असर गरिरहेको उहाँको भनाइ छ। द्वन्द्वले असमानता झनै बढाइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो।उहाँले लुम्बिनी विश्व शान्तिको कामनाका लागि एकमात्रै स्थान भएकाले लुम्बिनीबाट विश्व शान्तिको कामना गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको छ।यसले विश्वको अर्थतन्त्रलाई समेत नकारात्मक असर गरिरहेको छ। फलस्वरुप असमानता पनि बढिरहेको छ।यस्तो अवस्थामा नेपालको लुम्बिनीबाट विश्व शान्तिको कामना र आह्वान गर्न सकिन्छ। यो ठाउँको विकल्प कुनै अर्को स्थान छैन ।’

कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इण्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्याण्ड, स्पेन, लातिभिया, कोस्टारिका,पोल्याण्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी थिए।विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन्।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६