प्रदेश

करेन्ट लागेर दाङमा एकै घरका दुई जनाको मृत्यु



दाङ, १० चैत्र । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। राप्ती गाउँपालिका–३ मसुरियास्थित विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।

स्थानीय ५५ वर्षीय दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए। हजुरआमा र नाति घरको आगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लाग्दा ६० वर्षीय गोरखबहादुर केसी गम्भीर घाइते भएका र उनलाई उचारको लागि बुटवल लगिएको छ। एक्कासी बिजुली तार चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको थियो। नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६