प्रदेश

लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुरु




लुम्बिनी, १० चैत्र ।
लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुरु गरेको छ । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार अनलाइन टिकेटिङ प्रणाली शुरु गरेका हुन् ।

उक्त अवसरमा उनले ई-टिकेटिङले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताए । कार्यक्रममा कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले अनलाइन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकहरुको संख्या बढ्ने विश्वास गरे ।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६