कपिलवस्तु, १८ चैत्र ।
नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले कपिलवस्तुको समग्र विकास प्रति एमाले जिम्मेवार रहेको तर्क गर्दै वर्तमान सरकारले कपिलवस्तुको विकासका सवालमा सुविचारित कार्य गर्नुपर्नेमा जोड दिनु भयो । जिल्ला इन्चार्ज भट्टराईले आगामी जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व सर्वसम्मत चयन गर्ने समेत दावी गर्नु भयो । नेता भट्टराईले पार्टी नेता, कार्यकर्ताको भावना अनुसार खुलस्त छलफल गर्दै पार्टी नेतृत्व चयन गर्ने जिकिर गर्नु भयो । नेता भट्टराईले युवा नेतृत्व निर्माण प्रति लक्षित गर्दै राजनैतिक वैचारिक परिपक्कता हुनुपर्नेमा जोड दिनु भयो ।
कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काममा पार्टीले ध्यान पु¥याउने जिकिर गर्नु भयो । नेता भट्टराईले एमाले जिल्ला कमिटी कपिलवस्तुको १३ औं पूर्ण वैठकलाई पकडीमा शनिवार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुने भएको छ । अधिवेशन यही वैशाख २९ र ३० गते शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न गर्ने निर्णय गरेका एमाले कपिलवस्तुले जनाएको छ ।
जिल्ला वैठकले यही वैशाख २९ र ३० गते जिल्ला अधिवेशने छ । वैठकले पालिका तथा जनसंगठनको अधिवेशन जेष्ठ मसान्त भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । वैठकले पार्टीको जिल्ला अधिवेशनमा महिलालाई ३३ प्रतिशत, युवाको १५ प्रतिशत प्रतिनिधीत्व अनिवार्य गरेको छ ।
त्यस्तै वैठकले समावेशीतालाई पनि जोड दिएको जनाएको छ । अधिवेशनलाई ब्यवस्थित रुपमा सम्पन्न गर्नका निम्ति १६ वटा उपसमिति निर्माण गरेको जनाएको छ । वैठकले २०८० चैत्र महिना भित्र पार्टी सदस्य नविकरण गर्नुपर्ने निर्णय गरेको जनाएको छ । वैठकले अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु सहभागि रहने नेकपा एमाले कपिलवस्तुले जनाएको छ । वैठकले नेकपा एमालेका केन्द्रिय सदस्य बलराम अधिकारी नेपाल सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ ।
वैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले कार्य सूची प्रस्तुत गर्नु भएको थियो । कार्य सूची प्रस्तुत गदै एमाले जिल्ला अध्यक्ष डम्मर शर्मालेले आगामी जिल्ला अधिवेशन स्वच्क्ष, मर्यादित रुपमा सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पार्टी संगठन थप सुदृढीकरणमा जोड दिनु भयो ।
वैठकमा एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, एमाले केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री वृजेश कुमार गुप्ता, एमाले केन्द्रिय शुसिल कुमार श्रीवास्तव, एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, केन्द्रिय सल्लाहकार दान बहादुर चौधरीले मन्तब्य राख्नु भएको थियो ।
पूर्ण वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पंथी, एमाले केन्द्रिय सल्लाहकार विष्णुराज अर्याल, काशिराम बेल्बासे, मुना ज्ञवाली, एमाले नेता जंजिर प्रसाद चौधरी, झविलाल पोख्रेल, बाबुराम आचार्य, नेत्रराज अधिकारी, चक्रपाणी अर्याल, ,धर्मराज भुसाल, धर्मलाल श्रीवास्तव, शारदा शर्मा, लक्ष्मी सारु मगर, बाबुराम खनाल, द्रोणराज सुवेदी, जगदिश गुप्ता, मेराज खान, धनु अधिकारी लगायतको आतिथ्यता रहेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो ।
वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद चौधरीको स्वागत मन्तब्य जिल्ला सचिव सिवि गहतराजले संचालनमा सम्पन्न भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
प्रतिक्रिया