देश

रुसी सेनामा भर्ती भएकाको परिवारद्वारा प्रदर्शन, १५जना पक्राउ



काठमाडौं, १९ चैत्र । रुसी सेनामा कार्यरत पीडित परिवारले सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका छन्। रुसी सेनामा भर्ती भएका नेपालीको जीवन रक्षाको माग गर्दै पीडितका परिवारले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागी बालकसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रुसमा सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्दारको माग राख्दै प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

सो क्रममा प्रहरीले करिब १४ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीसहित १४ जना जनालाई नियन्त्रणमा लिएको हो। सरकारले रुसमा भर्ती नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६