खेलकुद

नेपाल पुलिस क्लब सेमिफाइनलमा



बाणगङ्गा, १९ चैत्र ।
कपिलवस्तुको वाणगङ्गामा जारी तिलौराकोट गोल्डकपको सेमिफाइनलमा नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।
सोमवार साहारा क्लब पोखरा लाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले गोल गरेका थिए । दोस्रो हाफको तेस्रो मिनेटमा पृथ्वी चौधरीको पासमा शिशिरले गोल गरेका हुन् ।

दोस्रो हाफको १७ मिनेटमा साहारा गोल हान्ने अवसर गुमाएको थियो । पुलिसका खेलाडीले डिबक्समा हातले बल छोए पछि साहाराले पेनाल्टी हान्ने अवसर पाएको थियो । साहाराका कप्तान सुशील लामा दायाँ छेउमा हानेको बल प्रहरीका गोल किपर सन्जीत श्रेष्ठले रोक्नु सफल भए । पुलिसले थ्रि स्टार क्लब सँग सेमिफाइनल खेल्ने छ ।

प्रतियोगितामा आइतबार भएको खेलमा मच्छिन्द्र क्लबलाई ट्राइवेकरमा पराजित गर्दै हनामी बिएफसी चितवन सेमिफाइनल प्रवेश गरेको थियो । मछिन्द्रका कप्तान तथा राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तीले पेनाल्टी मिस गर्दा मछिन्द्र ५–४ गोल अन्तरले पराजित भएको आयोजक कपिलवस्तु जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताए ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६