खेलकुद

थ्री स्टार क्लबका फुटबलर प्रिजनलाई कपिलवस्तुमा ५१ हजार प्रोत्साहन




बाणगङ्गा, २२ चैत्र । काठमाडौँको ए डिभिजन क्लब थ्री स्टारबाट फुटबल खेलिरहेका प्रिजन तामाङलाई कपिलवस्तुमा ५१ हजार बढी रकमले सम्मान गरिएको छ । वाणगङ्गामा जारी प्रथम तिलौराकोट गोल्डकपको अवसरमा उनलाई सम्मान गरिएको हो । यसपछाडि खास कारण छ ।


एक समयका चर्चित खेलाडीको रुपमा रहेका प्रिजन तामाङ केहि समयअघि ‘ब्लड क्यान्सर’ पीडित थिए । फुटबलमा जोडिएर करिअरको उच्च बिन्दुमा पुगेका बखत उनलाई ब्लड क्यान्सरजस्तो प्राणघातक रोगले आक्रान्त पार्यो । लागेपछि कमै मानिस बच्न सक्ने यस प्रकारको रोगको सिकार भएका प्रिजनले क्यान्सरसँगको ठुलो लडाएपछि पुनर्जीवन पाए र उनी पुनः खेलमा फर्किन सफल भए ।

मृत्यु जितेर पनि पुनः आफ्नो खेल कर्ममा फर्किनु सानो आँट नभएको भन्दै उनलाई प्रोत्साहन गर्नको लागि नगद ५१ हजार बढी रकमले सम्मान गरिएको कपिलवस्तु फुटवल संघले जनाएको छ ।

संघका अध्यक्ष तिलक थापाले यो सुचना प्रवाह गरेपछि खेलस्थलमै बिभिन्न संस्था र ब्यक्तिबाट सहयोग रकम जुटाएको बताए ।

आफूहरूको तर्फबाट र फ्रिडम फाउण्डेसन, रोटरी क्लब अफ कपिलवस्तु मिडटाउन, एनएमबी बैङकका कर्मचारी, समाजसेवी व्यक्तिहरूले रकम जुटाएर सहयोग गरेको उनले बताए । खेलाडी राष्ट्रका गहना भएकाले तिनलाई बचाउनु आफूहरूको सबैभन्दा ठुलो धर्म रहेको थापाले बताए ।

प्रिजनले पनि कपिलवस्तुले दिएको सहयोग सरप्राइज भएको बताउँदै खेल खेल्न अझै हौसला बढेको बताए । पहिलो सेमिफाइनलमा नेपाल पुलिससँग हारे पनि थ्री स्टारका तर्फबाट प्रिजनले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रिजनको पुनरागमनलाई धेरैले प्रेरणाको रुपमा लिएका छन् ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६