प्रदेश

लुम्बिनीमा ५ हजारभन्दा बढी मानिस ध्यानमा




रुपन्देही, २२ चैत्र । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी लुम्बिनीमा आयोजित विराट चक्र विज्ञान तथा ध्यानमा छन् । आफ्नो दैनिक काम छाडेर केही साथीसहित लुम्बिनीमा ध्यान गर्ने र गुरुहरूको प्रवचन सुन्दा आफूलाई थप उत्साह र ऊर्जा मिलेको भण्डारी बताउँछन् । उनले शारीरिक रूपमा हुने ऊर्जाहरूलाई थप परिचालन गर्न ध्यानले थप मद्दत पुग्ने बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सभापति सुरेश आचार्य पनि लुम्बिनीमै छन् । आफ्नो व्यस्त दैनिकी छाडेर एक हप्ताको लागि उनी ध्यानका लागि लुम्बिनी आएका हुन् ।

जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा शनिबारदेखि सुरु भएको विराट चक्र विज्ञान तथा ध्यान २३ सम्म चल्ने छ । ध्यानमा सहभागी हुँदा शारीरिक र मानसिक रूपमा ऊर्जा मिलेको आचार्य बताउँछन् ।

बुटवलका उद्योगी शङ्कर टन्डन पनि श्रीमती, छोरी, ज्वाइँसहित ध्यानमा सहभागी छन् । दैनिक व्यापार–व्यवसायमै व्यस्त रहँदै आएका उनी सबै कुरा बिर्सिएर ध्यानमा बस्दा र गुरुका वाणीहरू सुन्दा आनन्द महसुस भएको बताउँछन् । ५ दिनदेखि ध्यानमा सहभागी उनले यसबाट जीवन र जगत् बुझ्न पाएको प्रस्ट पारे ।

लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यान कक्षमा पाँच दिनदेखि एकसाथ ५ हजार ३ सय जना लगातार ध्यान गरिरहेका छन् । २३ गतेसम्म चल्ने ध्यानमा बस्न देशका विभिन्न ठाउँबाट फरकफरक पेसा र उमेर समूहका व्यक्ति आएका छन् ।

जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्मा, अर्का संस्थापक गुरु रमेश नेपालले ध्यान तथा प्रवचन गराएका छन् ।

व्यक्तिभित्र नैसर्गिक रूपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञानको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गर्न यस्तो कार्यक्रम गरिएको जीवन विज्ञान प्रतिष्ठानका संस्थापक गुरु एलपी भानु शर्माले बताए ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६