प्रदेश

लुम्बिनीमा ५ औं मुख्यमन्त्रीका रुपमा महरा नियुक्त हुँदै




कपिलवस्तु, २३ चैत्र । लुम्बिनी प्रदेश सकारमा पाचौं मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरालाई नियुक्त गर्ने तयारी भएको छ । नयाँ सत्ता समीकरणसँगै नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीरले राजीनामा दिएपछि उक्त राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले आज स्वीकृत गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी भएको छ ।

संविधानको धारा १६८ को उपचार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान भएसँगै लुम्बिनी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता महराले आफूलाई मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्ने छन् । प्रदेश प्रमुख शेरचनले आज नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

दलहरूबीच नेकपा एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी सहमति भएको स्रोतले बतायो । सहमति अनुसार जनता समाजवादी पार्टी (जसपा) लाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति पनि भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री पदमा नियुक्त गर्न समर्थनसहित विहिबार ५ बुँदे सहमती पत्रमा हस्ताक्षर भएको थियो ।

केन्द्रमा नयाँ सत्ता समीकरणसँगै लुम्बिनीमा नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलको समर्थनसहित माओवादी केन्द्रमा महरा मुख्यमन्त्री बन्ने भएका हुन् । ८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सदस्यको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा सबैभन्दा ठूलो दल नेकपा एमालेको २९, कांग्रेसको २७, माओवादीको १० ९सभामुखबाहेक०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्रा पार्टी (राप्रपा) र जनमत पार्टीका ३÷३ सदस्य रहेका छन् भने जनमोर्चा, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी का १÷१ सदस्य रहेका छन् । एक जना स्वतन्त्र सदस्य रहेका छन् ।

संघीयतापछि लुम्बिनीमा नेकपा एमालेका शंकर पोखरेल पहिलो मुख्यमन्त्री भएका थिए भने, माओवादी केन्द्रका कुलबहादुर केसी दोस्रो, एमालेका लिला गिरी तेस्रो तथा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी चौथो मुख्यमन्त्री भएका थिए ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६