बुटवल, २३ चैत्र ।
लुम्बिनीमा सत्तागठबन्धन दललाई नागरिक उन्मुक्तले पनि समर्थन जनाएको छ । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष सरकारमा सहभागी हुने र समर्थन गर्ने निर्णयका साथ समर्थन पत्र बुझाएका छन ।
नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरी ,राजकुमार चौधरी निर्मला देवी चौधरी र नरमाया ढकाल सहित ४ जनाले समुहिक हस्ताक्षर सहित मुख्यमन्त्री जोख बहादुर महरालाई समर्थन गरी हस्ताक्षर पत्र बुझाएका हुन ।
२ मन्त्रालयको मागदाबि रहेको नागरिक उन्मुक्ति मन्त्रालयको भागबण्डा नमिले पछि समर्थन गर्ने पक्षमा थिएन तर आज एकाएक गठबन्धन दलसगँ कुनै पनि छलफल नगरी एकल रुपमा समर्थन पत्र लिएर प्रदेश प्रमुख समक्ष आएको हो ।
प्रतिक्रिया