खेलकुद

कपिलवस्तु तिलौराकोट गोल्डकपमा आज उपाधिको लागि पुलिस र हनामी भिड्दै



कपिलवस्तु, २४ चैत्र । लुम्बिनी प्रदेशकै सर्वाधिक राशीको पुरस्कार रहेको चैत्र १७ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधिको लागि आज अन्तिम भीडन्त हुँदै छ । बुद्ध रंगशालामा दिउसो ४ः०० बजे नेपाल पुलिस क्लव र हनामी एफसी चितवनबीचको भीडन्त सुरु हुने आयोजक कपिलवस्तु फुटवल संघले जनाएको छ ।

सेमिफाइनलसम्मका खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेकाले आजको खेल रोमाञ्चक हुने पक्का छ । हनामी एफसीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । नक आउट चरणमा विभागीय टोली ए डिभिजन क्लव नेपाल आर्मीमाथि जित हासिल गरेको सुदुरपश्चिमको पोष्टमा सेमिफाइनलमा ३ गोल गरेपछि हनापी थप उत्साहित छ । यता सेमिफाइनलमा ए डिभिजन क्लव थ्रीस्टारमाथि सनसनीपूर्ण जित निकालेको पुलिस पनि निकै उत्साहित छ ।

हनामीको रक्षापंती, अग्रपंति निकै घातक देखिन्छ भने गोल रक्षक पनि निकै अनुभवि र उत्कृष्ट देखिन्छन् । हनामी बीएफसीका विवेक गुरुङ र विकास थापालाई रोक्न पुलिसलाई हम्यहम्य हुने देखिन्छ । चितवनका टिम कोच ध्रुव भुसालले फाइनलको उपाधि आफूहरुले जित्ने बताए । हनामीको पासिङ राम्रो देखिन्छ ।

यता पुलिसको आक्रामक र अट्याकिङ खेलले हनामीको लागि घातक हुन सक्छ । हनामीको लागि पुलिसका अग्रपंतिका खेलाडी विवके पाण्डे घातक हुन सक्छन् । थ्रीस्टारलाई हराउन उनैले गोल गरेका थिए । टिम कोच चेतन घिमिरेले पाण्डेसंगै मिडफिल्डर तुलसी चौधरीको निकै भर रहेको बताए । आज पनि अट्याकिङ खेल खेल्ने उनले बताए । सेमिफाइनलमा फिनिसिङ भनेजस्तो नभएकाले त्यो कमजोरी फाइनलमा सुधार गरेर उपाधि जित्ने उनको दावी छ । हनामीको खेलमा टेक्निक बढी देखिन्छ भने पुलिसको खेलमा आक्रमणकारी देखिएकाले दर्शकको लागि खेल निकै रोमाञ्चक हुने पक्का छ ।

विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ हजार संगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने र आजै खेलको समापन हुने आयोजक कपिलवस्तु फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६