प्रदेश

बाणगङ्गामा वडा न. २मा २ जना मृत अवस्थामा फेला



बाणगङ्गा, २५ चैत्र ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका २ कप्टैयास्थित जङ्गलमा २ जना मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ करिब ५ बजे लालमटिया सामुदायिक वनमा एक महिला र एक पुरुषको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले जानकारी दिए ।

मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णु प्रसाद घिमिरे र मृतक महिला कञ्चन गाउँपालिका ५ निवासी ४५ वर्षीया यमकला राना भएको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको शव नजिकै शंकास्पद विषादी फेला परेको थियो ।

उनीहरूले उक्त विषादी सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६