खोज–अनुसन्धान

नागरिक अन्मुक्तिमा दलको नेता फेरिए




कैलाली २७ चैत । केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेसंगै नागरिक उन्मुक्ति पार्टीमा बढेको विवाद थप उत्कर्ष तिर बढेको छ यसको थामिने कुनै लक्षण देखिदैन । पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको शक्ति संघर्ष खासगरी सुदूरपश्चिम प्रदेशमा अहिले छताछुल्ल भएको छ ।नेपाली कांग्रेस नेतृत्वको गठबन्धनकै पक्षमा रहेका संरक्षक रेशम र नयाँ गठबन्धनलाई साथ दिनुपर्ने अडानमा रहेकी अध्यक्ष रञ्जिताबीचको विवादलेनै पार्टीमा पछिल्लो घटना देखिएको हो ।
सोमबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका थिए । नाउपा अध्यक्ष रञ्जिताले गत चैत २१ गते पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहेकी गिरीलाई कारबाही गरेकी थिइन । सोही कारबाहीलाई मान्यता दिँदै गिरीको सांसद पद नरहेको सूचना सोमबार प्रदेश सभा सचिवालयमा टाँसिएको हो ।
गिरीले सांसद पद गुमाएकै दिन सोमबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरी पनि कारबाहीमा परेको पत्र सार्वजनिक भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यसअघि संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई हटाउँदै कैलाश चौधरीलाई जिम्मेवारी उक्त जिम्मेवारी सुम्पेकी हुन ।सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै नाउपा अध्यक्ष रञ्जिताले कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेको जानकारी गराएकी हुन । चौधरीले चैत २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गरेकी छ ।

घनश्याम चौधरीले पार्टी निर्देशनको पालना नगरेकाले उनको स्थानमा कैलाश चौधरीलाई जिम्मेवारी तोकीएकोे रञ्जिताले बताएकी छन । कांग्रेस नेतृत्वको सरकारमा घनश्याम आर्थिक मामिला मन्त्री थिए भने कैलाशलाई मुख्यमन्त्री शाहले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारीबाट हटाएका थिए । रञ्जिताले संसदीय दलको विधान पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षमा रहेको सार्वजनिक वक्तव्यद्वारा जानकारी गराएकी थिइन ।
सभामुखलाई पत्राचार गरिएको पत्रमा पनि दलको विधान तयार नभएको हुँदा दलको केन्द्रीय समितिको बैठकले कैलाश चौधरीलाई दलको नेता चयन गरिएको बताइएको छ ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६