प्रदेश

पार्टी निर्माणमा एकजुट भई अगाडि बढ्न सभापति देउवाको आग्रह



रुपन्देही, २८ चैत्र । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् । ‍नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउँदै उनले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे । उनले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठ्यारो पार्ने काम नगर्न उनले निर्देशन दिए ।

देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाए । सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गरेका थिए। रासस

प्रकाशित : २८ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६