प्रदेश

लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने



बुटवल, २८ चैत्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिने भएका छन् । शुक्रबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने भएकाले सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाको बैठक बोलाउने तयारी गरेका हुन् ।

लुम्बिनी प्रदेशसभा नियमावलीको नियम १२ अनुसार बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

प्रदेशसभाका ८७ सांसद मध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छन् । महरालाई गठबन्धन दल एमालेको २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन रहेको छ । महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको काम अगाडि बढाउने तयारी गरेका छन् ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६