देश

कास्कीमा बस दुर्घटना हुँदा ७ जना घाइते



काठमाडौं, २९ चैत्र । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान २ बजेर ५० मिनेटमा हेम्जा सईखेतमा पल्टिँदा सात जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा बागलुङको तमानखोला गाउँपालिका वडा नं। ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी छन् ।

यसैगरी म्याग्दीकै मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नरबहादुर पुन र सोही ठाउँकी ६५ वर्षीया कृष्ण कुमारी पुन पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चालकले नियन्त्रण गुमाउँदा बस सडकको वायाँ साइडमा पल्टिएको थियो । वडा प्रहरी कार्यालय बगरको टोलीले घाइतेहरुको उद्धार गरेको थियो ।

बस चालक म्याग्दीको बेनी नगरपालिका वडा नं. ६ बस्ने ३२ वर्षीय राजकुमार गैरेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६