प्रदेश

कपिलवस्तुमा डढेलो नियन्त्रणका लागि नयाँ प्रविधी



कपिलवस्तु, चैत्र २९ । डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोर उपकरणको प्रयोग गरिएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक ब्लोर डढेलो नियन्त्रणमा प्रयोग गरेको हो। कपिलवस्तुको तिलौराकोट र मायादेवी साझेदारी वनमा अत्याधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको हो। 

डिभिजनल वन अधिकृत विजयराज सुवेदीले अमेरिका र युरोपका वनमा ब्लोर प्रयोग गरेको देखिएपछि नमुना ल्याएर परीक्षण गरिएको जानकारी दिए। नमुना परीक्षण प्रभावकारी देखिएपछि कार्यालयले थप ५ थान ब्लोर खरिद गरेर सब डिभिजन वनलाई प्रयोगका लागि हस्तान्तरण गरेको छ।

एक लिटर पेट्रोलमा २० एमएल मोबिल मिसाएर ब्लोर चलाउँदा एक घण्टासम्म काम गर्ने बताइएको छ। ब्लोरको सहायताले पात सफा गरी फायर लाइन बनाउन सकिन्छ। डढेलो लागेपछि नियन्त्रण गर्न प्रयोग हुन्छ। आगोको सानो लप्का भए नजिकै पुगेर र ठुलो लप्का छ भने टाढैबाट ब्लोर चलाएर पात हटाउँदै आगो फैलिनबाट रोक्न सकिने अधिकृत सुवेदीले बताए।

ब्लोर मेसिनबाट आएको हावाको वेगले पातपतिङर उडाएर स्थान परिवर्तन गर्छ। डढेलो लागेको पातलाई एकीकृत गर्दै अन्य पात सँगको सम्पर्क विच्छेद गरी आगो फैलिन नदिने सब डिभिजन वन कार्यालय पिपराका प्रमुख विष्णु लामिछानेले जानकारी दिए। 

कार्यालयले वन उपभोक्ता समितिलाई ब्लोर प्रयोग गर्ने विधि सिकाउँदै आएको छ। अभ्यासमा सहभागीले ब्लोर प्रयोग गरी डढेलो नियन्त्रण गर्दा थप सुरक्षित हुने बताएका छन्। 

प्रकाशित : २९ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६