प्रदेश

लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै



दाङ, ०३ बैसाख । लुम्बिनी प्रदेशमा आज संसदीय समितिले नेतृत्व पाउने भएको छ । करिब १७ महिनापछि संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाईएको छ ।

आज दिउँसो बोलाइएको प्रदेश सभा बैठकमा संसदीय समितिको सदस्य हेरफेर गरिने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताए । एमालेलाई ३, माओवादीलाई २ वटा र नेपाली कांग्रेसलाई दुई वटा समितिको नेतृत्व दिने गरी दलहरूबिच समझदारी भैईसकेको छ ।

एमालेले अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार समिति र विशेष अधिकार समितिको नेतृत्व पाउने भएको छ । माओवादीले सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको नेतृत्व पाउने सहमति भएको छ ।

यस्तै, नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति र कृषि समितिको नेतृत्व पाउने भएको छ । लुम्बिनी प्रदेशमा रहेका ६ वटा विषयगत समिति र विशेष अधिकार समिति रहेका छन ।

पहिलो, दोस्रो र तेस्रो अधिवेशनमा टुंगो लगाउन नसकेपछि अहिले चौथो अधिवेशनमा यसलाई टुंगो लगाउने गरी दलहरूले भागबन्डा टुङ्गाएसँगै सभापति चयन प्रक्रिया अघि बढाइने भएको हो ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६