अर्थ-वाणिज्य

कर्णालीको सकस हट्यो : भागबण्डा मिल्यो मन पनि मिल्यो



सुर्खेत ११ बैशाख । कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबिच मन्त्रालय भागबण्डा टुङ्गिएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफलमा मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको हो ।
जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ । यसअघि माओवादीलाई सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री कँडेलले दिन चाहेका थिएनन् । अन्ततः उक्त अडानबाट मुख्यमन्त्री कँडेल पछाडि हटेका हुन् । माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले भागबण्डा टुङ्गिएको र बुधबारसम्म मन्त्रीमण्ड विस्तार हुने रातोपाटीलाई जानकारी दिए । मन्त्रालय भागबण्डाको विषय टुङ्गिएसँग मुख्यमन्त्री कँडेलले बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रकाशित : ११ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६