प्रदेश

नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु



बुटवल, २८ वैशाख । पश्चिम नवलपरासीमा हुण्डाई गाडीको एसेम्ब्लिङ प्लान्टबाट गाडी उत्पादन शुरु भएको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासी रामग्राम ६ मा करिब १० बिघा जग्गामा फैलिएको एसेम्ब्लीङ प्लान्टमा पुगेर उद्घान गर्दै हुन्डाईको गाडी चढेका छन् ।

लक्ष्मी मोटर्सका अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ । प्रधानमन्त्रीले पहिलो उत्पादित भेन्यू गाडी चढेका हुन् । बजारको माग अनुसार नयाँ मोडलका गाडीहरु उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्लान्टको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीले सस्तोमा गाडी चढ्न पाउने विश्वास व्यक्त गरे । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ । अर्थात प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्न सक्छ । गाडीको माग अनुसार सिफ्ट बनाएर उत्पादन गर्ने लक्ष्मी कन्टिनेन्टलका महाप्रवन्धक दीपक थपलियाले भने । यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् भने २०० जनाभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ । करिब एक वर्षदेखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो । प्लान्टका करिब डेढ अर्ब रुपैयाँ खर्चिएको छ ।

गाडी आयात गरेर बेच्नेभन्दा यहि उत्पादन गरेर बेच्दा मूल्य घट्ने महाप्रबन्धक थपलियाको दाबी छ । अहिले भेन्यु गाडीको मूल्य ४० लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । भेन्यु पेट्रोल इन्जिन गाडी हो । यो गाडी २०७६ भदौ पहिलो साता लक्ष्मी ग्रुपले ल्याएर नेपाली बजारमा बिक्री गरिरहेको छ ।

उनले आधुनिक प्रविधिको प्रयोग गरेर प्लान्ट तयार पारेको दाबी गरे । कोरियन प्राविधिक टिमले यहि बसेर एसेम्ब्लिङ प्लान्ट हेरिरहेको छ । उनले यो एसेम्ब्लिङ प्लान्ट टेक्नोलोजी ट्रान्सफरको उदाहरण भएको बताए ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६