प्रदेश

अमेरिकी राजदूत थम्पसन लुम्बिनीमा



रुपन्देही, २९ वैशाख । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ ।लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आउनुभएको राजदूत थम्पसनले शुक्रबार बेलुका लुम्बिनीको भ्रमण गर्नुभएको हो ।

राजदूत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गर्नुभयो । राजदूतसहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्नुभएको जानकारी सचिव शाक्यले दिनुभयो ।

टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले बुद्धजन्मस्थल लुम्बिनीबारे राजदूत थम्पसनलाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भी, कोषका सदस्य सचिव शाक्य, जनसम्पर्क अधिकृत डा. हरिध्वज राई, सूचना अधिकृत राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६