प्रदेश

दाङको बबई नदिमा डुबेर दाजुभाइको मृत्यु




दाङ, ०२ जेठ ।
दाङको बबई नदिमा डुबेर दाजुभाईको मृत्यु भएको छ। बबई गाउँपालिका ७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८ बर्षका दिपक परियारलाई र १६ वर्षका दिपेश परियारको पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो।

नदीमा डुबेर बेहोस भएका उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको थियो। उपचारका क्रममा तुलसीपुर अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरु बुवा आमासँगै ओदालेमा रहेको फुपुको घरमा आएको बेला घटना भएको हो। उनीहरु कामको शिलशिलामा भारतमा बस्दै आएका थिए। शवको पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित : २ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६