कपिलवस्तु, वैशाख ३ ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले प्रविधिको उपभोग मार्फत क्षमता विकास गर्दा ब्यत्तिको जीविकोपार्जनमा सहजता आउने बताउनु भयो । नगर प्रमुख अर्यालले४५ दिने आधारभुत सिप विकास कप्युटर तालिमको समापन समारोहमा यस्तो धारणा राख्नु भएको हो । नगर प्रमुख अर्यालले वर्तमान समय सूचना प्रविधिको समय भएको तर्क गर्दै सूचना प्रविधिमा सबै नागरिकको पहुँच आवश्यक रहेको बताउनु भयो ।
नगर प्रमुख अर्यालले ब्यत्तित्व विकास देखी नागरिकले आफ्नो जीविको पार्जनमा समेत सहजता नहुने तर्क गर्नु भयो । नगर प्रमुख अर्यालले पटना क्षेत्र विगतमा मुख्य सडक संजालमा नजोडिदा कृषकलाई समेत समस्या पैदा भएको बताउदै नगरले पटनालाई विकासको मूल प्रवाहमा ल्याउन जोड दिदै आएको तर्क गर्नु भयो ।
समापन कार्यक्रममा ४५ जना सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । समापन समारोह वडा नं. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलको अध्यक्षता, पवित्रा थारुको संचालनमा सम्पन्न कार्यक्रममा सहभागीको तर्फबाट गंगादेवी थापा, दुर्गेस चौधरीले र प्रशिक्षक महेश सिंह यादवले मन्तब्य राख्नु भएको थियो । बाणगंगा न.पा. वडा नं. १० पटनाको आर्थिक सहयोग रहेको उक्त कार्यक्रममा वडा सदस्य, वडा सचिव, संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया