प्रदेश

पाल्पामा महिलामाथि जबरजस्ती करणी, युवक पक्राउ



पाल्पा, १४ जेठ । रम्भा गाउँपालिका ५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका ७ बस्ने २७ वर्षीय मुकेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मुकेशले ती महिलालाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताँहु र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६