प्रदेश

कपिलवस्तुमा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु



कपिलवस्तु, १५ जेठ । विद्युतको लाइन मर्मत गरिरहेको बेलामा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाका ईलेक्ट्रिसियन ३१ वर्षीय दिनेश चन्द्र मिश्रा रहेका छन्।

सोमबार राती यशोधरा गाउँपालिका(६ को रंगपुरमा हावाहुरीका कारण फ्युज भएको टन्सफार्मर बनाउँदै गर्दा करेन्ट लागेर मिश्राको मृत्यु भएको प्राधिकरण तौलिहवा शाखाले जनाएको छ ।

मृतक मिश्राको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको प्रहरी नायब निरीक्षक हरिबहादुर वलीले बताए । यसअघि पनि कपिलवस्तुमा नेपाल विद्युत प्राधिकरणका २ कर्मचारीको विद्युत मर्मतको क्रममा करेन्ट लागेर मृत्यु भइसकेको छ ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६