प्रदेश

सबै दलहरूको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकताः प्रदेश प्रमुख शेरचन



कपिलवस्तु, १५ जेठ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासका लागि सबै राजनीतिक दलहरूको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो राष्ट्रिय समझदारी र सहकार्यले मात्र जनताले अनुभूत गर्ने गरी समाजवादको सपना पुरा हुने विश्वास व्यक्त गरे ।

“आजको दिन नेपाली जनताको जीत र सामन्ती राजतन्त्रको हार भएको दिन हो”, शुभकामना सन्देशमा भनिएको छ “जनताको बलमा प्राप्त भएको गणतन्त्रले संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता सहित जनताका अधिकारहरूलाई मौलिक हकको रूपमा संविधानमा व्यवस्था गरिएका छन् ।

नागरिकले यी अधिकारको समुचित उपयोग गर्न र संविधान अनुरूप आफ्ना कर्तव्यहरूको पालना गर्न सक्नु पर्दछ” । प्रदेश प्रमुख शेरचनले राष्ट्रियता, जनजीविका र जनतन्त्रको उच्चतम उपयोग गर्न राष्ट्रिय औद्योगीकरण र आर्थिक सुदृढीकरण प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६