लुम्बिनी

हावाहुरीका कारण ४७ घरमा क्षति



कपिलवस्तु, १६ जेठ । कपिलवस्तुमा हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । विजयनगर गाउँपालिकाको ४ वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ६ मा बढी क्षति पुगाएको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । बस्तीमा कच्ची र टिनका घरको छानो, कुखुरा फर्म र एक विद्यालयमा क्षति भएको छ ।

वडा नम्बर ३ दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । सुनारको अन्दाजी ८ वर्षीय छोरीको टाउकोमा चोट लागी घाइते हुनु भएको छ । ९ वटा विद्युतको पोल ढलेको छ । क्षति भएका घरमा तत्काल बस्न मिल्नेगरी प्रबन्ध गर्ने अध्यक्ष थापाले बताउनुभयो ।

जिल्लाको अन्य स्थानको कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६