प्रदेश

चिसापानीमा बस दुर्घटना, २३ जना घाइते



दाङ, १६ जेठ । दाङको लमही–कोइलाबास सडक खण्डअन्तर्गत चिसापानीमा बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् ।गढवा–कोइलाबास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका–८ चिसापानीमा बुधबार दिउँसो कोइलाबासबाट लमहीतर्फ जाँदै गरेको रा१ख ८३३ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल ल्याउने काम भइरहेको छ । उहाँका अनुसार घाइतेहरुको अवस्था समान्य रहेको छ । उहाँले भन्नुभयो, ‘‘कोइलावासबाट लमहीतर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको देखिन्छ । दुर्घटनामा घाइतेको अवस्था सामान्य छ ।’’

दुर्घटनाका घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । प्रहरीले बस चालक ५५ वर्षीय जोखनप्रसाद चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६