प्रदेश

उद्योग ब्यापार संघको अगुवाइमा ५ दिने धुप बनाउने तालिम सुरु



कपिलवस्तु, १६ जेठ । बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले महिला सशक्तिकरणको महिलाहरूमा विभिन्न सीपको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । सीपको माध्यम बाट आर्थिक उपार्जन गर्दै आत्मनिर्भर हुन सके मात्र महिलाहरू हरेक क्षेत्रमा माथि उठ्न सक्ने बताउनुभयो ।

बुधवार देखि कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको ५ दिने बाटेको धुप बनाउने तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हा । साथै उहाँले तालिम प्रमाणपत्रको लागि मात्र नबनाउने समेत आग्रह गर्नुभयो । ५ दिन सम्म सिकेको सीपलाई व्यवहारमा लागू गर्न सके तालिमले सार्थकता पाउने बताउनुभयो ।

त्यस्तै कपिलवस्तु उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) गृहणी महिलाहरूका बचेको समयलाई सदुपयोग गर्दै सीपको माध्यम बाट आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिम प्रभावकारी बनेमा नगर सँगै जिल्लाका अन्य ठाउँमा पनि सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो ।

२० जनाको सहभागिता रहेको तालिममा सहभागी महिलाहरूले तालिम उपलब्धिमूलक हुने भन्दै आयोजकलाई धन्यवाद समेत दिएका थिए । जेठ १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकको रुपमा पुष्पा अधिकारी रहनुभएको छ ।

कार्यक्रमकी संयोजक नमूना पौडेलको अध्यक्षता, माधव भाट क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा संघका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६