प्रदेश

उमेर पुगेर विवाह गर्ने जोडीलाई सम्मान



गुल्मी, १७ जेठ । गुल्मीको अग्लुङ्गमा उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ । यस जिल्लाको मदाने गाउँपालिका १, अग्लुङ्गमा विवाहवारी २० वर्ष पारी मुख्य उद्देश्यसहित बालविवाह न्यूनीकरण गर्न २० वर्ष पूरा गरी विवाह गर्ने नवजोडीलाई सम्मान गरिएको हो ।

वडाध्यक्ष सुशील चन्दले शैक्षिक उत्प्रेरणा कार्यक्रम अन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष पूरा गरी विवाह गर्ने तीन जना नवजोडीलाई वडा कार्यालयबाट सम्मान गरिएको बताउनुभयो । उहाँले शैक्षिक तथा सामाजिक सचेतनाका लागि सम्मान गरिएको भन्दै यस्ता कार्यक्रमबाट काममा थप क्रियाशीलता र जनचेतना हुने बताउनुभयो ।

वडा कार्यालयले असल बुहारी तथा छोरीलाई पनि सम्मान गरेको छ । वृद्ध बुवाआमासँग बुहारी तथा छोरीहरूसँगै रहुन् भन्ने उद्देश्यले दश जना असल बुहारी सम्मानित भएका छन् । पछिल्लो समय गाउँमा वृद्ध अवस्थाका बुवाआमा एक्लै हुन थालेको भन्दै बुवाआमा सँगसँगै बसेर पालनपोषण गरेका बुहारी तथा छोरीलाई सम्मान गरिएको छ ।

त्यस्तै, वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सङ्घ संस्था लगायत विभिन्न विधामा रहेर वडामा योगदान गर्नेहरूलाई सम्मानपत्रसहित सम्मान गरेको छ । एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार रुपियाँ, कक्षा ८ मा उत्कृष्ट हुनेलाई पाँच हजार रुपियाँ र कक्षा पाँचमा उत्कृष्ट हुने विद्यार्थीलाई तीन हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको वडाध्यक्ष चन्दले बताउनुभयो ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६