प्रदेश

गुल्मीको चन्द्रकोटमा कपडा बैंङ्क स्थापना



तम्घास, १७ जेठ। गुल्मीको चन्द्रकोट गाउँपालिकामा कपडा बैंङक स्थापना गरिएको छ । मङ्गलबार १७ औं गणतन्त्र दिवसको अवसर पारेर वडा नम्बर ४ को बसपार्कमा कपडा बैंङकको शुभारम्भ गरिएको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि युवराज केसीले शान्तिपुर बसपार्कमा राखिएको सङंकलन बक्स खोली उद्घघाटन गर्नुभएको हो ।

उद्योग वाणिज्य सङ्घ शान्तिपुरको सहयोगमा कपडा बैङ्कको स्थापना गरिएको हो । मानवीय कार्य अन्तर्गत कपडा बैङ्कको स्थापना गरिएको उद्योग वाणिज्य सङ्घ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो । उहाँले सबैले आफ्ना पुराना कपडाहरु कपडा बैंङ्कमा जम्मा गरी पर्यावरणमा पर्ने नकारात्मक असरलाई समेत न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत बुद्धप्रकाश पौडेलले कपडा बैङ्कमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न सकिने बताउनुभयो ।

चन्द्रकोट गाउपालिका अध्यक्ष युवराज केसीले कार्य निकै प्रशंसनीय र परोपकारी भएको हुँदा गुल्मीमा सम्पूर्ण पालिकामा कपडा यस्तो कार्यक्रम आवश्यकता रहेको बताउनुभयो । उहाँले भौतिक विकाससँगै सामाजिक विकास, मानवीय विकास र चेतनाको विकास हुनुपनर्मो जोड दिनुभयो ।

कपडा बैङ्कका सञ्चालक कमल जिसीले बैङ्क सञ्चालन भएको चार महिनाको अवधिमा देशभर आगलागी पीडितहरु सात सयभन्दा बढी घर परिवारलाई कपडा प्रदान गर्दा साँच्चिकै पुण्यको काम गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले हाललाई शान्तिपुरको बसपार्कमा सङ्कलन बक्स राखिएको र केही समयमै चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को मजुवा बजारमा राखिने बताउनुभयो । उहाँले गुल्मी जिल्लाका अन्य स्थानीय तहमा यो कार्य थालनीका लागि पहल भइरहेको बताउनुभयो ।

चन्द्रकोट गाउपालिकाको बसपार्कस्थित सङ्कलन बक्स राखिएको छ भने सङ्कलित कपडालाइ पुन ःप्रशोधन (रि साइकल) गरी आवश्यकताका आधारमा वितरण गरिने चन्द्रकोट गाउपालिका वडानम्बर २ का वडाध्यक्ष कमल केसीले बताउनुभयो ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६